मतदानभन्दा १५ मत बढी भेटिएपछि मतगणना स्थगित, प्रहरीले गर्‍याे हवाइ फायर

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएकाे भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै‌ स्थगित भएको हो ।

धनौजी-१ लखौरी गाउँमा मतदानकाे मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएकाे थियाे । मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए ।

विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।

यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेकाे थियाे । धनाैजी-३,४ र ५ को मतगणा सम्पन्‍न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..