मोदी र देउवाद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त रुपमा शिलान्यास गरेका छन् । सेन्टरको निर्माणपछि दुई देशबीचको सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी विहान भारतीय वायु सेवाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । त्यहाँ उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । त्यसपछि उनीहरुले सेन्टरको शिलान्यास गरेका हुन् ।

‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपाल आइपुगेको छु । बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ । लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु ।’

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनीमा ६ घण्टा बिताएर उनी आजै स्वदेश फर्कने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..