दैलेखको भैरवीमा अध्यक्ष र उपाध्यक्ष दुबैमा महिला विजयी


दैलेख । दैलेखको भैरबी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुबैमा महिला विजयी भएका छन् ।गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएसँगै गाउँपालिकाले दुवै पदमा महिला पाएको हो । नयाँ संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचन २०७४ मा एमालेले जितेको यो गाउँपालिकामा अहिले कांग्रेसले जितेको छ ।


पालिकाको अध्यक्षमा कांग्रेसकी रिता शाही निर्वाचित भएकी छन। उनले ३ हजार ९७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निकटतम् प्रतिद्वन्द्वी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाए । महतारा निवर्तमान जिल्ला समन्वय समितिका सदस्य हुन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित शाही कांग्रेस दैलेखका उपसभापति हुन ।


२०७४ को स्थानीय तह निर्वाचनमा भैरबी गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित देवी भण्डारी अहिले उपाध्यक्षमा निर्वाचित भएकी छन् । कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित हुने दैलेखको ९० वडामै एक्लो हुन् । उनी ३ हजार ३७४ मतसहित गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन ।


निकटतम् प्रतिद्वन्द्वी एमालेका पदमकुमारी विष्टले ३ हजार २२७ मत पाइन् । विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..