पद्मा अर्याललाई ठूलो झट्का

काठमाडौं । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई झट्का लागेको छ । एमाले केन्द्रको राजनीतिमा एकपछि अर्को अवसर हात परेकी अर्यालका पति वडा सदस्यमै पराजित भएका छन्।

स्याङ्जाको वालिङ नगरपालिका-१ बाट अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदका उम्मेदवार थिए। तर, उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका छन्।

पराजित भएपछि उनले चुनावमा हारजित हुनेभन्दै हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने प्रतिक्रिया दिएका छन्।

विजयी अर्यालले १ हजार ११२ मत ल्याउँदा पराजित पौडेलले ६४५ मत पाएका छन्। वालिङको १ र २ वडामा कांग्रेस र नम्बर ३ एमाले विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..