यस्तो छ मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा भोलि बुद्ध पूर्णिमामा आउँदैछ । मोदीको भ्रमण तालिका सार्वजनिक भइसकेको छ ।

मोदी नेपाली समय अनुसार विहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन् । उनी ११ बजेर १५ मिनेटमा मायादेवी मन्दिर पुग्नेछन् । ११ बजेर ४५ मिनेटमा भूमि पूजा गर्नेछन् ।

साँढे १२ बजे मोदी पवन इन्टरनेशनल होटल पुग्नेछन् । १२ बजेर ३५ मिनेटमा दुवै देशको परराष्ट्रका अधिकारीसँग भेटवार्ता हुनेछ । १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग मोदीको द्वीपक्षीय भेटवार्ता हुनेछ ।

दिउँसो १ बजे डेलिगेशनबीच भेटवार्ता हुनेछ । पौने २ बजे मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । ४ बजे मोदीले विशिष्ट अतिथिहरुसँग भेट गर्नेछन् । पौने ४ बजे बुद्ध जयन्ती समारोहलाई लुम्बिनीमा सम्बोधन गर्नेछन् ।

५ बजेर १५ मिनेटमा मोदी भारतीय सेनाको हेलिकोप्टरबाट कुशिनगर प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..