फिनल्याण्डलाई नेटोमा आवद्ध नहुन रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन चेतावनी दिएका छन् ।

राष्ट्रपति पुटिनले फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोलाई टेलिफोन गरी नेटोमा आवद्ध नहुन चेतावनी दिएका हुन् ।

पुटिनले क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने काम नगर्न चेतावनी दिएका छन् ।

स्वीडेनले नेटो गठबन्धनमा सामेल हुने घोषणा गरेपछि फिन्ल्याण्डमा पनि नेटो गठबन्धनमा सामेल हुने विषयमा बहस तीब्र भएको छ ।

फिनल्याण्ड र रुसबीच १७ सय किलोमिटर लामो सीमा जोडिएको छ भने फिनल्याण्ड उर्जाका लागि रुसमा निर्भर छ । रुसले फिनल्याण्ड र स्वेडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति तैनाथ गर्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..