डडेल्धुराको गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित


डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।र्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।


त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित भएकी छन् । उनले तीन हजार १३ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त पाएका छन् । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गरेका थिए ।


अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..