लहान । स्थानीय तह निर्वाचनअन्तर्गत सिराहाको अर्नमा गाउँपालिका– १ बाट माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका ५६ वर्षीय गफार मियाँ नौ सय १० मतसहित वडाध्यक्षमा विजयी भएका छन् ।
उनीसहित उनको प्यानलै विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुस्ताक राइनले आठ सय ४२ मत प्राप्त गरेका छन् । ०७४ सालको निर्वाचनमा समेत वडाध्यक्ष पदमा निर्वाचित मियाँ यसपटक एक सय ८६ मत बढी ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् ।


