सिद्धार्थनगरमा कांग्रेस-माओवादी गठबन्धनको अग्रता,
राप्रपा दोस्रो


बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।


नगरपालिकाको वडा नं. एकको ७ सय ९२ मत गन्दा कांग्रेसका इस्तियाक अहमद खानले ३९१, राप्रपाका सागरप्रताप राणाले १६५ र एमालेका डा.रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजवादी पार्टीकी आस्मा खातुनले १४४ र राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याएकी छन् ।वडा अध्यक्षमा नेपाली कांग्रेसले ४१६, जसपाले १६५ र एमालेले ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..