भट्टको नगरपालिकामा एमालेभन्दा कांग्रेस धेरै अगाडी

काठमाडौं । नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको निर्वाचन क्षेत्र कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

अहिलेसम्म ४१८ मतको गणना हुँदा कांग्रेस उम्मेदवार वीरेन्द्र भट्ट २०४ मतसहित अघि छन्। एमालेका उम्मेदवार गोकर्ण भट्टले १२६ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी शारदा देबी रोकायाले १०८ मत ल्याउँदै अग्रता लिएकी छन्। एकीकृत समाजवादीकी रत्ना कडायतले १०१ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..