विराटनगर महानगरमा मतगणना शुरु

विराटनगर । प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपािलकाको मतगणना १० बजेबाट शुरु भएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिए पनि २ घण्टा ढिलो मतगणना शुरु भएको हो ।

उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको हो । मुख्य निर्वाचत अधिकृतको कार्यालयका अनुसार सुरुवातमा विराटनगरका वडा नं १, २, १७, १८ र १९ नम्बरको मतगणना सुरु गरिएको छ ।

सीसी क्यामेरा जडान गरिएको गणनास्थललाई तालजालीले समेत घेरिएको छ । विराटनगरमा ८९ हजार ६७८ मत खसेको छ। महानगरमा १ लाख ३३ हजार १४२ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..