निर्वाचन आयोगले सोध्यो डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

शुक्रबार गोप्य मतदान गरेको फोटो सार्वजनिक गर्दैै आयोगको आचारसंहिताविपरीत प्रचार प्रसार गरेका उनलाई आयोगले तत्काल स्पष्टीकरण सोधेको हो ।

डा. भट्टराईले शुक्रबार बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उनले मतसंकेत गरिसकेको मतपत्र नै सार्वजनिक गरेका थिए ।

मतदानप्रश्चात् डा. भट्टराईले मतदान गोप्य हुनुपर्छ भन्ने नभएको जिकिरसमेत गरका थिए । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो।मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन।गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो।तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !,’ उनले ट्विटरमार्फत भनेका छन् ।

निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । डा. भट्टराईलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनलाई भाइबर मार्फत स्पष्टीकरण पठाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..