प्रधानमन्त्रीको मतदान केन्द्रमा १४ जना शेरबहादुर देउवा

गन्यापधुर । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा उनकै नाम गरेका १४ जना मतदाता भेटिएका छन् । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता सूचीमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा शेरबहादुर देउवा नाम गरेका १४ जना मतदाता छन् ।

निर्वाचन आयोगको मतदाता सूचीमा सिरियल नम्बर एक हजार ३६२ देखि एक हजार ३७३ सम्म शेरबहादुर देउवा नाम गरेका मतदाताको नामावली छ । एक हजार ३८० र एक हजार ३८१ मा पनि शेरबहादुर देउवा नामकै मतदाताको विवरण छ ।

प्रधानमन्त्री देउवाको मतदाता नामावली भने सिरियल नम्बर एक हजार ३६९ मा छ । शेरबहादुर देउवा नाम गरेका मतदातामध्ये प्रधानमन्त्री देउवा नै ज्येष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..