नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् । पोखराबाट कोहलपुर जाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नेकपा बहुमतका नेता गुणराज लोहनीका अनुसार बाँस्तोलालाई दाङको भालुवाङमा राखिएको छ । बाँस्तोलालाई षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरिएको भन्दै लोहनीले तुरुन्त रिहा गर्न माग गरेका छन् ।

हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बास्तोला नेकपा बहुमतका संयोजक बनेका थिए ।

बुधबार साँझ बुटवलमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ ।

चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विभाजन भई उनले केही दिनअघि मात्र नयाँ पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..