चोरी गरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ


बुटवल । बुटवलको एक सुनचाँदी पसल चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको लखनउका ३५ वर्षीय मोहद जिशान खान, ३६ वर्षीय मोहसिन अब्दुल्लाह खान र २२ वर्षीय मोहम्मद सरिक रहेका छन् ।


बुटवल उपमहानगरपालिका–६ बीपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा १३ वैशाखमा करिब ३ करोड ५० लाख बराबरको सुन र गहना चोरी भएको थियो ।पक्राउ परेकामध्ये मोहद जिशान खान मुख्य अभियुक्त रहेको र उनी चोरी गरिएको पसलकै छेउको सटरमा मासिक ३० हजार तिर्ने गरी भाडामा बसेका थिए ।

खानले १२ वैशाख राति ग्याँस कटरले सटर र सेफ काटेर ३ करोड ५० लाख बराबरको सुन र तयारी गहना चोरी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र रेग्मीले बताए ।उनीहरुलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ४ महुवारीस्थित खुनगाई कालीदह सडक खण्डमा भारतीय नम्बर प्लेटको गाडी यूपी ३२ एलडब्ल्यू ३१५१ सहित पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

अभियुक्तहरुबाट पहेंलो सुन जस्तो देखिने १ थान पहेंलो सिक्का, पहेलो सुन जस्तो देखिने बिस्कुट जस्तो धातु १ सय ग्राम ६ सय मिलिग्राम बरामद गरिएको रेग्मीले बताए । यस्तै उनिहरुबाट मोबाईल, भारतीय रुपैया, एटिएम कार्ड लगायतका समानहरु फेला परेको छ ।चोरी भएको अरु सुन उनीहरुले लुकाएको वा बेचेकोबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

अभियुक्त खानले घरधनीलाई विश्वास दिलाउन एक वर्षको भाडा ३ लाख ६० हजार अग्रिम बुझाएका र योजनावद्ध रुपमा चोरी गरेर भारततर्फ फरार भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..