प्रधानसेनापतिका भाइ नागार्जुनमा वडाध्यक्षका उम्मेदवार


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माका भाइ लक्ष्मीनारायण शर्मा नागार्जुन नगरपालिका वडा नं. ४ मा वडाध्यक्षको उम्मेदवार बनेका छन् ।नेपाली कांग्रेसबाट शर्माले वडाध्यक्षका लागि उम्मेदवारी दिएर उनी चुनावी मैदानमा उत्रिएका हुन् । शर्मा प्रधासेनापतिका कान्छा भाइ हुन् ।


शर्माले १३ बुँदे संकल्प पत्र अघि सार्दै घरदैलो अभियान चलाइरहेका छन् । उनले आफूले वडाध्यक्ष पदमा जिते चुस्त प्रशासन, स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि, स्वरोजगारी तथा तालिम, वातावरण तथा सरफाइ लगायतका कुरालाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।

शर्माले अघिल्लो स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । तर एमाले उम्मेदवारसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..