निर्वाचन आयोग लचिलो, कुनैपनि सरकारी कागजात देखाएर मतदान गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गतेको स्थानीय निर्वाचनमा अनिवार्य मतदाता परिचय पत्र हुनुपर्ने व्यवस्थालाई लचिलो बनाएको छ ।

अब सरकारी कागज पत्र नागरिकता, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचय पत्र देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरेको छ । तर, यसका लागि मतदाता नामावलीमा भने यस अघिनै दर्ता गरीसकेको हुनुपर्ने व्यवस्था गरेको छ ।आयोग स्रोतका अनुसार मंगलबार निर्वाचन आयोगले यससम्बन्धि निर्णय गरेको हो ।

आयोगले यसअघि अनिवार्य मतदाता परिचयपत्र हुनुपर्ने व्यवस्था गरेको थियो । मतदानका लागि व्यवहारिक समस्या नहोस, भनेर यो निर्णयमा आयोग पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..