श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजपाक्षेसँगै ५० नेताको घर जलाइयो, निशानामा राष्ट्रपति

एजेन्सी । आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त भएको छ । श्रीलङ्काली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण झन तनाव सिर्जना भएको हो ।

प्रदर्शनकारीहरुले श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको घर जलाइएको बीबीसीले जनाएको छ ।

सोमबार र मंगलबारको समय अवधिबीचमा राजपाक्षे र नेताहरुको घर जलाइएको हो ।  घर आगजनीबाट मानवीय क्षति भने भएको छैन । प्रहरीले तत्काल सुरक्षा दिएर राजपाक्षेको परिवारका सदस्यलाई घरबाट निकालेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले बताइएको छ ।

उक्त समयमा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हावाइ फायरसमेत गर्नु परेको थियो । उता सरकारले भने कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लङ्गन गर्नेमाथि गोली चलाउन आदेश दिइएको छ ।

त्यस्तै सोमबार नै ५० भन्दा बढी नेताहरुको घर जलाइएपछि ती नेताहरु शरण लिएर बसिरहेको बताइएको छ । यता राजपाक्षेको परिवारहरुलाई भने सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा राखेको बीबीसीले जनाएको छ ।

प्रदर्शनका क्रममा हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् भने २०० भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले अब राष्ट्रपति गोटाबाया राजापाक्षेको घरलाई निशाना बनाएका छन् । राष्ट्रपतिको घर अगाडी उनीहरुले ठूलो संख्यामा भेला भएर उनको राजीनामा माग गरिरहको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..