वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज भृकुटीमण्डपमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरको लामो सङ्घर्षपछि मे दिवस मनाउन थालिएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले विभेद र अत्याचार भएपछि मजदुरहरु एकताबद्ध भएर आन्दोलन सुरु गरेको बताए। पुराना र नयाँ सहर श्रमिकको मिहिनेतबाट नै बनेको उनको भनाइ थियो ।

‘मजदुरकै प्रयासका कारण सहर अहिलेको अवस्थामा आएका हुन्,’ अध्यक्ष ओलीले भने। विगतदेखि नै श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच मालिकको पाइएको उनले बताए। सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए। शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन तथा उनीहरुलाई सम्मानजनक रुपमा बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उनको धारणा थियो ।

काठमाडौं महानगर प्रमुखका उम्मेदवार केशव स्थापितले आफु प्रमुख हुँदा आधुनिक काठमाडौँ बनाउने, सडक चौडा गर्ने, माइतीघर मण्डला बनाउनेलगायत काम गरेको अध्यक्ष ओलीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..