गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

उदयपुर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन्।

सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, “पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो।”

नेकपाको बहुमतको सरकार हुँदाहुँदै सो पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरी राजनीतिक अस्थिरता निम्त्याएका कारण फेरि देशमा राजनीतिक अस्थिरता नहोस् भनेर गठबन्धन गरी सरकार गठन भएको महामन्त्री थापाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..