इच्छाराज तामाङको सीटीसी मल लिलामीमा


काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष व्यवसायी इच्छाराज तामाङको सीटीसी मलका कबलहरू लिलामीका लागि कर्मचारी सञ्चय कोषले सूचना निकालेको छ । तामाङले कोषको ठूलो रकम नतिरेपछि लिलामीका लागि सूचना निकालिएको हो ।

६ रोपनी क्षेत्रफलमा फैलिएको ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त मलमा १३२ ओटा सटरहरू लिलामीमा राखिएको हो ।ोषले लिलामीका लागि ३५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सोमबार सूचना निकालेको छ । कोषले सबै सटर सहितको भवन लिलामीको सूचना प्रकाशित गरेको हो ।

ठगी अभियोगमा अहिले जेलमा रहेका तामाङको सीटीसी मलमा ५० प्रतिशत स्वामित्व रहेको छ ।मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् ।मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् ।

कोष स्रोतमा अनुसार कम्पनीले लिएको ऋणको नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि लिलामी सूचना निकालिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..