प्रहरी एकेडेमीको निमित्त प्रमुखमा डीआईजी आचार्य

काठमाडौं । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यले समालेका छन् ।

गृह मन्त्रालयले शुक्रबार आचार्यलाई निमित्त कार्यकारी प्रमुखमा काज सरुवा गर्ने निर्णय गरेको थियो । आचार्यले आइतबार कार्यभार समालेका हुन् । यसअघि त्यहाँ कार्यरत एआईजी निरज शाही र डीआईजी डा. देवबहादुर बोहराले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए ।

वैशाख १९ बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहीन थियो । डीआईजी आचार्यले कार्यभार समाल्दै सकल दर्जालाई ब्रिफिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..