काठमाडौं । अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अनुरोध गरेको छ ।
स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरी महानिरीक्षक सिंहले त्यस्ता ब्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक सूचना जारी गरी निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।


