काठमाडौं । नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष कुसुम लता सिंहलाई सनिवार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष सिंहले नाफारहित र सेवामुलक संस्थाको रुपमा कार्य गर्दै आएको संघले विगतदेखि अंगीकार गर्दै आएका कार्यहरु समाजमुखी रहेको बताउनुभयो ।
समाजसेवाको पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा संघकी प्रशासन सचिव सुमि लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कुसुम लता सिंह नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको श्रीमती हुन् । सिंहले आईजीपीको जिम्मेवारी सम्हालेसँग महिला संघको अध्यक्ष आईजीपीको श्रीमती बन्ने परम्परा छ ।


