प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष कुसुम लता सिंहले कार्यभार सम्हालिन

काठमाडौं । नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष कुसुम लता सिंहलाई सनिवार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष सिंहले नाफारहित र सेवामुलक संस्थाको रुपमा कार्य गर्दै आएको संघले विगतदेखि अंगीकार गर्दै आएका कार्यहरु समाजमुखी रहेको बताउनुभयो ।

समाजसेवाको पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा संघकी प्रशासन सचिव सुमि लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कुसुम लता सिंह नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको श्रीमती हुन् । सिंहले आईजीपीको जिम्मेवारी सम्हालेसँग महिला संघको अध्यक्ष आईजीपीको श्रीमती बन्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..