एमाले गणतन्त्रको खिलाफमा छ, गठबन्धनले जित्नुपर्छ – प्रधानमन्त्री देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस कार्यकर्ताले गठबन्धन बारे शंका उपशंका गर्न नुहने तर्क गरे ।

गठबन्धन गरेपछि पोखराको अवस्था फेरिएको दाबी गर्दै उनले सबैभन्दा धेरै गठबन्धनको आवश्यकता आफ्नो पार्टी कांग्रेसलाई भएको समेत जिकिर गरे ।

गठबन्धन बचाउँन पोखरा मात्र नभई सबै पालिकामा गठबन्धनको उम्मेदवार निर्वाचित हुनेपर्नेमा जोड दिँदै उनले भने,‘गठबन्धनलाई सफल पार्नु हामी सबैको कर्तव्य हो ।’

देउवाले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्र र गणतन्त्रको विरुद्धमा रहेको बताए । ओलीले जितेमा भोलि नै संसद भंग गरिदिने बताए । ‘ओली र उनको पार्टी एमाले गणतन्त्रको खिलाफ छ ।’–उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..