प्रहरीको चार एआईजी पदका लागि यी हुन् प्रतिस्पर्धी डीआईजीहरु

काठमाडौं । नेपाल प्रहरीमा हाल ४ एआईजी पद खाली छ । हालै मात्र चार एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्तको अवकाश र धीरजप्रताप सिंहको आईजीपीमा बढुवापछि उक्त पद खाली भएको हो । 

५ पद खाली भए पनि केही दिनअघि मात्र बढुवा समितिले एकल रुपमा वसन्त लामालाई एआईजीमा बढुवा सिफारिस गरेको छ । अब बाँकी एआईजी पदमा पनि डीआईजीहरुबीच चर्को प्रतिस्पर्धा देखिन्छ । 

एआईजीको दाबेदारमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणबहादुर बीसी, दिवेश लोहनी, पूजा सिंह, मुकुन्दराज आचार्य, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य छन् । 

डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख छन् भने बीसीले प्रदेश १ र लोहनीले गण्डकी प्रदेशको कमाण्ड सम्हालिरहेका छन् । 

हालै मात्र चार प्रदेशको कमाण्ड सम्हाल्ने डीआईजीहरु पनि प्रतिस्पर्धामा देखिएका छन् । डीआईजी सिंहले वाग्मती प्रदेश, खाँले मधेश, उपाध्यायले लुम्बिनी र मोहनकुमार आचार्यले सुदूरपश्चिमको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

हाल एआईजीमा भने विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्रबहादुर धानुक छन् । प्रहरीमा एआईजी पदमा ५६ वर्षे उमेर हद लागू हुने गरेको छ । त्यसअनुसार हाल एआईजी भएका र हुने क्रममा रहेका केही अधिकारीले केही महिनाकै अन्तरालमा अवकाश पनि पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..