खाँणको आग्रह : बुटवलबाट प्रदेश राजधानी सार्नेलाई भोट नदिनू

बुटवल । गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताएका छन् ।

जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राधानी तोकेको तर एमालेले राजधानी दाङ पुर्‍याएको मन्त्री खाँणले आरोप लगाए ।

पाँच दलले बुटवलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘स्थायी राजधानी बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पुर्‍याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’

विष्णु पौडेलले सुकुमबासीको नाममा आफैंले जग्गा लिए

गृहमन्त्री खाँणले एमाले उपाध्यक्ष विष्णु पौडेलप्रति कटाक्ष गर्दै सुकुमबासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको आरोप लगाए ।

‘सुकुमबासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ?,’ खाँणले भने, ‘सुकुमबासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र हैन काठमाडौंमा पनि । ’

कुनै दल कमजोर भएर नभई संविधानको रक्षा, विधिको शासन, नागरिकका हक र प्रेस स्वतन्त्रताको रक्षाका लागि पाँच दलबीच गठबन्धन भएको उनको तर्क थियो । गृहमन्त्री खाँणले ७ दल र माओवादीबीच शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताए ।

रुपन्देहीमा खेलराज पाण्डे जत्तिको क्रियाशील उम्मेदवार नभएको भन्दै गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्तता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..