ओलीको नेतृत्वमा राजावादीको गठबन्धन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा दुईवटा गठबन्धन रहेकोले रोज्ने समय आएको बताएका छन् । उनले वाम लोकतन्त्रवादी गठबन्धन आफूहरुको नेतृत्वमा रहेको र दक्षिणपन्थी राजावादी गठबन्धन नेकपा एमालेको नेतृत्वमा रहेको टिप्पणी गरे ।

‘देशमा दुईवटा गठबन्धन छ, एउटा वाम लोकतन्त्रवादी र अर्को दक्षिणपन्थी राजावादी ।’ गठबन्धनको चुनावी सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले भने,‘अब दुईमध्ये एक रोज्ने समय आएको छ ।’

ओलीले दक्षिणपन्थी राजावादीहरुको नेतृत्व लिइसकेकाले परास्त गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी समेत ओली नेतृत्वको गठबन्धनमा रहेको नेपालको टिप्पणी थियो ।

ओली नेतृत्वको गठबन्धन विदेशीहरुको सामु लम्पसार पर्ने गरेको आरोप लगाए । उनले भने,‘बाहिर राष्ट्रवादको खोल ओढेर भित्र भित्र लम्पसारवादी देखिनेहरु ओली नेतृत्वको गठबन्धनमा सामेल भएका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..