गठबन्धनलाई अलगथलग पारेर अस्थिरता मच्चाउने षड्यन्त्र : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनलाई अलगथलग पारेर अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको बताएका छन् । आज काठमाडौं महानगरसको चुनावी सभालाई सम्बोधन गर्दै अस्थिरताको षड्यन्त्रप्रति सचेत हुन आग्रह गरे ।

‘गठबन्धनलाई अलगथलग पारेर देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भएको छ,’ नेता पौडेलले भने,‘गठबन्धन जोगाउन संकीर्णता होइन उदारता देखाएर बढ्नुपर्छ ।’ गठबन्धन देशको माग र परिस्थितिको आवश्यकता भएको बताए ।

गठबन्धनले देशलाई राजनीतिक स्थिरता दिने बताए । देशलाई संकटबाट जोगाउन र स्थिरता दिन एकता र सहकार्य अनिवार्य भएको बताए ।


काठमाडौं महानगरपालिकामा मेलम्चीको पानी पिलाउने कृष्णप्रसाद भट्टराईको सपना साकार हुन लागेको बताए । आफू स्थानीय विकासमन्त्री हुँदा र महानगरमा पीएल सिंह मेयर हुँदा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने प्रयास थालेको स्मरण गराउँदै त्यसलाई साकार पार्न आग्रह गरे । उनले काँग्रेसकी उम्मेदवार सृजना सिंहको नेतृत्वमा काठमाडौं महानगरपालिकाको मुहार फेरिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..