डीआईजी लामा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।

समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

उनी हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । आगामी ८ जेठमा उनी ५६ वर्षे उमेर हदका अनिवार्य अवकाश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..