ब्राउन सुगरसहित दुई पक्राउ


नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला र एक पुरुषलाई छ ग्राम ब्राउन सुगरसहित सीमा क्षेत्र जुमनाहाबाट प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका ९ बस्ने २४ वर्षीय दिपिका पुन मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख मिनबहादुर बिष्टले जानकारी दिए ।


भारतबाट भे १२ प १४९७ नम्बरको मोटरसाईकलमा आउँदै गर्दा शंका लागेर जाँच गर्दा रेग्मीले गोजीमा राखेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय जुमनाहाबाट खटिएको टोली र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..