नेपाल र भारतका सेनापतिबीच के के कुरा भयो ?

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनापति मनोज पाण्डेबीच कुराकानी भएको छ । दुई देशका प्रधानसेनापतिबीच द्विपक्षीय रक्षा सहयोग आदानप्रदानबारे कुराकानी भएको जनाइएको छ ।

भर्चुअल माध्यमले भएको कुराकानीमा प्रधानसेनापति शर्माले जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । पाण्डे नेपाली सेनाका मानार्थ प्रधानसेनापति हुने व्यवस्था अनुसार उपाधि लिन नेपाल आउने कार्यक्रम छ । त्यसको मिति छिट्टै तय हुने बुझिएको छ ।

पाण्डे हालैमात्र भारतीय स्थल सेनाका सेनापति भएका हुन् । उनलाई नेपाली सेनाले बधाई तथा शुभकामना दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..