नेपाल र भारतका सेनापतिबीच के के कुरा भयो ?

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनापति मनोज पाण्डेबीच कुराकानी भएको छ । दुई देशका प्रधानसेनापतिबीच द्विपक्षीय रक्षा सहयोग आदानप्रदानबारे कुराकानी भएको जनाइएको छ ।

भर्चुअल माध्यमले भएको कुराकानीमा प्रधानसेनापति शर्माले जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । पाण्डे नेपाली सेनाका मानार्थ प्रधानसेनापति हुने व्यवस्था अनुसार उपाधि लिन नेपाल आउने कार्यक्रम छ । त्यसको मिति छिट्टै तय हुने बुझिएको छ ।

पाण्डे हालैमात्र भारतीय स्थल सेनाका सेनापति भएका हुन् । उनलाई नेपाली सेनाले बधाई तथा शुभकामना दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..