मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ

रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ ।

वैशाख २१ गते चन्द्रपुर नगरपालिका- ३ गैंडाटार कछडिया टोल बस्ने जितेन्द्र धामीको घरको आँगनमा पार्किङ गरेर राखेको प्रदेश २-०३-०१९ प २३६८ नम्बरको कालो÷रातो रंगको २२० सि.सि. पल्सर मोटरसाइकल हराएको थियो ।

उक्त मोटरसाइकल चोरेको आरोपमा सर्लाहीको बागमती नगरपालिका- १ बस्ने लाल बहादुर घिसिङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव निरिक्षक सन्तु प्रसाद जैसवाले जानकारी दिए ।

चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालउ चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीको टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि विकाश बैंक नजिकबाट चोरी भएको मोटरसाइकलसहित घिसिङलाई पक्राउ गरेको गरेको हो ।

पक्राउ परेका घिसिङलाई रौहट जिल्ला अदालत गौरबाट पहिलोपटक ७ दिन म्याद गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..