अध्यक्ष ओलीद्वारा किराती धर्मगुरु आत्मानन्दको प्रशंसा

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र किरात धर्मगुरु आत्मानन्द लिङ्देनले रोजेको अहिंसा, शान्ति र मानव कल्याणको बाटो एउटै भएको बताएका छन् ।पश्चिम इलामको माङ्सेबुङस्थित किरात धार्मिकस्थल लारुम्बामा आज किरात धर्म साहित्य उत्थान सङ्घले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले धर्मगुरु आत्मानन्द लिङ्देन र उनले धारण गरेको विश्व शान्ति र मानव कल्याणको नीतिको प्रशंसा गरे ।

“किरात धर्मगुरुले जुन मानव कल्याणको विकास गर्दै हुनुहुन्छ, वास्तवमा एमालेले पनि रोजेको बाटो त्यही हो”, उनले भने, “नेपाली नागरिकलाई हिंसाबाट मुक्ति दिलाएर मानव कल्याणका निम्ति एमालेले विगतदेखि नै चालेको कदम पनि त्यही हो ।”

एमाले अध्यक्ष ओलीले आजै संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुभाषचन्द्र नेम्बाङलाई साथमा लिएर किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग लारुम्बास्थित गुरु आश्रममा भेट गरेका थिए । भेटपछि स्वागत कार्यक्रममा सहभागी हुनुभएको उहाँले धर्मगुरु लिङ्देनको आशीर्वाद विगतदेखि नै आफ्नो पार्टीलाई रहेको दाबी गरे । इलाम र पश्चिम झापामा धर्मगुरु लिङ्देनका धार्मिक अनुयायीको ठूलो सङ्ख्या रहेको छ ।

धर्मगुरु आत्मानन्द लिङ्देन राष्ट्रिय विभूति एवम् किराती धर्मगुरु फाल्गुनन्दको सन्तान हुन् । उनी इलामको माङ्सेबुङस्थित लारुम्बामा आश्रममा बस्छन् । उक्त आश्रम लारुम्बा धार्मिकस्थलका रुपमा प्रसिद्ध छ ।

लारुम्बाको कार्यक्रम सकेर उहाँले चुनावी प्रचारका लागि दक्षिण इलामको माई नगरपालिकास्थित शुक्रबारे बजारमा आयोजित एमालेको आमसभालाई सम्बोधन गरे । अध्यक्ष ओलीले आजै झापाको कनकाईमा चुनावी सभालाई सम्बोधन गरे ।

सुरुङ्गाको गणतन्त्र चौकमा भएको कार्यक्रममा उनले एमालेको कनकाई नगरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरे । सोही कार्यक्रममा अध्यक्ष ओलीले एमाले मुलुकको विकासको नेतृत्व गर्ने जनताको प्रिय पार्टी भएको बताए ।

मङ्गलबार राजधानीबाट गृहजिल्ला आएका उनी दुई दिनभर चुनावी भेटघाट र सभाहरूमा व्यस्त रहे । इलामको माई नगरपालिका र झापाको भद्रपुर, हल्दिबारी, मेचीनगर, विर्तामोड र कनकाईमा आयोजित चुनावी सभामा उनी सहभागी बने । उनी आजै भद्रपुर विमानस्थलाबाट राजधानी फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..