पाँच दललाई चुनावमा पत्तासाफ गर्ने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पाँच दललाई पत्तासाफ गर्ने दाबी गरेका छन् । उनले गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दललाई दुईवटा चुनावमा पत्तासाफ गर्ने दाबी गरेका हुन् ।

ओलीले पाँच दलको गठबन्धन रहेकै अवस्थामा एमालेले पराजित गरेर देखाउने भने । उनले व्यङ्ग्य गर्दै भने,‘यो गठबन्धन टुटिहाल्छ कि भन्ने डर छ । पाँचैलाई एकै पटक कर्याककुरुक पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’

अहिले एकातिर एमाले र बाँकी दल अर्कोतिर रहेको तर्क गरे । गठबन्धनकै कारण एमालेलाई झन् फाइदा भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..