चोरीको गहनासहित युवक पक्राउ

नेपालगञ्ज । बाँकेमा ६२ लाख रुपैयाँ बराबरको अबैध सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंह रहेका छन् ।

प्रहरी चौकी राधापुरबा खटिएको प्रहरी टोलीले खजुरा गाउँपालिका वडा नं. २ एल गाउँस्थित सुवेदी चोकबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित सिंहलाई पक्राउ गरेकाे हाे ।उनको साथबाट हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित बिभिन्न प्रकारका सुनाका गहना फेला परेको प्रहरीले जनाएको छ ।

सिंहले ४ वैशाखमा भारतको बैंगलोरको एउटा सुन पसलबाट यी गहान चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..