महिलाहरुमाथि कुनै पनि अनुचित सम्बन्धको प्रयत्न गरेको छैन : केशव स्थापित

काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले गरेका छन् ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुनसक्ने तर्क गरे । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकिर थियो ।

मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए । आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उनले पटकपटक दोहो¥याए ।

स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको दोहो¥याए । स्थापितले भने, ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्न । म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी प्राक्टिकल अनुभव । हाम्रो केही कर्मचारीहरुसँग काम गरेँ । माडसाव भन्थ्यो । जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने । तर मेरो महिला साथीहरुले त्यसो गरेनन् । स्वाभिमानले नदिने रैछ क्या ।’

उनले थपे, ‘म महिला हुँ भन्ने दम्भ हो नि । तर पुरुषहरु त म जस्तै दाह्रीवालहरु त मास्क लगाएपछि त झनै नचिन्ने भएछ, आजकाल । खान दे, पिन दे, लिन दे हुन्थ्यो । यो भन्दा महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैंत्री हो । मैले २०५१ सालमा खेलकुदमा महिलाहरुले एउटा डिभिजननै खोल्ने भनेको । त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ । अव यही कारणले मैले आरोपित हुन जरुरी छैन । मैले एउटा ह्याण्डनोट ल्याएको छु–तपाईहरुले हेर्नू । मैले धेरै मोर्चाबाट भने–मैले केही सत्य कुराहरु गर्दा मान्छेलाई आघात हुन्छ है ।’

उनले फेरि भने, ‘त्यो एउटा रश्मिला प्रजापति भन्ने प्रकरणमा अलिकति दुई शब्द भनौं । उहाँ म मेयर हुँदा एक जना साथी लिएर आउनु भयो । मलाई सम्पदा विभागमा त्यो मान्छेले सघाउँछ भन्यो । मैले हुन्छ भने । मेरो एक्सपर्टले ल्याएको होइन । एसिस्टेन्ट भयो । मेरो प्लानिङ डिभिजनमा मैले कहिलेकाँही देख्थे । मैले उहाँसँग कहिल्यै संगत गर्नु परेन । उहाँ सम्पदा विभाग भित्र काम गथ्र्यो । मैले त्यो समयमा उहाँसँग अनुचित सम्बन्धको प्रयत्न गरेको भए अस्थायी करारलाई एक मिनेटमा निकाल्थे होला नि ।’

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए । उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..