परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा महानिरीक्षक नियुक्त : गृहसचिव पाण्डे

काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरीकाे महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् । 

सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन् । उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन र प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरूप नै महानिरीक्षकमा बढुवा गरिएको बताए ।

सचिव पाण्डेले एआइजीहरूमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए । उनले  सबै एआइजीहरूकाे ०४९ साल चैत १२ गतेको नियुक्ति भएकोले उनीहरूबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पाए । 

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यकतालाई धान्न नसक्ने बताए । उनले अहिलेको आवश्यकता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यकता रहेको बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..