रसुवा। रसुवाबासीका लागि उपलब्ध गराउँदै आएको नेपाल चीन आगमन प्रस्थान अनुमतिपत्र (चाइना प्रवेश पास) वितरण १८ महिना देखि रोकिएको छ।
कोभिडका कारण रसुवागढि नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो। रसुवागढि अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास वितरण रोकेको छ।
चीनसँग सीमा जोडीएको नेपालको सबै जिल्लाका बासिन्दाले नागरिकताको आधारमा चीनको पास पाउँदै आएका छन्। नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण पनि बन्द गरिएको हो।
नाका पूर्णरुपमा सञ्चालनमा आएपछि पुनस् पास सञ्चालनमा ल्याइने बताइएको छ।


