गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिदाइ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आइतबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शुभकामना सहित बिदाइ गर्नुभयो । साथै उहाँले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई मायाको चिनो समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा गृहमन्त्री खाणले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

गृहमन्त्री खाणले समाजमा हुने विभिन्न अवाञ्छित गतिविधि, अपराध अनुसन्धान तथा रोकथाम, प्राकृतिक विपद्को समयमा सीमित साधन श्रोतको वावजूद पनि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरू परिचालन गरी उत्कृष्ट प्रहरी सेवा प्रदान गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । कोभिड-१९ को विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण एवम् आम नागरिकको सुरक्षाको लागि अंग्रपक्तिमा रहेको नेपाल प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले सेवा निवृत्त पछि पनि संगठनको हित एवम् विकासका लागि विज्ञ अनुभव उपयोगी हुने चर्चा गर्नुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..