विपी कोइरालको शालिकमा माल्यार्पण,मेयरका उम्मेदवार पौडेलले सुरु गरे चुनावी अभियान


चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले भरतपुरस्थित विपी कोइरालको क्यान्सर अस्पतालमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार पनि शुरु गरेका छन् ।

निर्वाचन आयोगले चुनाब चिन्ह भुइकटहर दिएसँगै पौडेलले चुनावी अभियान तीब्र पार्ने बताए । महानगरका २९ वटै वडामा चुनाव प्रचारप्रसार अभियानलाई लगिने उनले बताए । प्रचार अभियान सुरु गर्दै नेता भीमबहादुर श्रेष्ठले कांग्रेस चितवनको भविष्य जोगाउन आफूहरुले यो अभियान थालेको बताए ।चुनाव चिन्ह पाएसँगै नेता पौडेल आफूले कांग्रेसका उम्मेदवार र चुनाव चिन्ह रुखको विरुद्धमा बागी नदिएको भन्दै कांग्रेस बचाउने अभियानमा रहेको बताएका छन् ।


‘रुखको सट्टामा सानो रुख चुनाव चिन्ह पाएका छौं, यो पनि बोट विरुवा नै हो’ पौडेलले भने, ‘यो धेरै रोगको निको हुने औषधीय गुण भएको फलफूल हो । मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए ।

तर उनीहरूले पौडेललाई फकाउन सकेनन् । उनको उम्मेदवारी कायम भएको छ । मेयरका उमेदवार पौडेलसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई कांग्रेसले साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..