प्रचण्डलाई पोखरेलको सुझावःकति घोषणापत्र मात्रै बोक्नुहुन्छ ? कांग्रेसमै प्रवेश गर्नुस् न

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् ।

माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले कांग्रेसमै समाहित हुन सुझाव दिएका हुन् । ‘माओवादीसँग चुनावी एजेण्डा छैन । कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब कांग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौं ।’


उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे ।पोखरा महानगरको एमाले प्रतिबद्धतापत्र घोषणापछि उनले माधव नेपाललगायत कम्युनिष्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..