अझै बनेन झोलुङ्गे पुल

नवलपरासी । भारतीय अतिक्रमणको पीडा सहँदै आएको पश्चिम नवलपरासीको सुस्तालाई जोड्नेगरी नारायणी नदीमा बन्न लागेको बहुप्रतीक्षित झोलुङ्गे पुल निर्धारित समयमा बन्न नसक्ने भएको छ । 

भारतले बिनासूचना नै गण्डक ब्यारेजको ढोका खोलिदिएका कारण पुलको पाया र पिल्लर निर्माण रोकिएको छ । यसले गर्दा झोलुङ्गे पुल निर्माण निर्धारित समयमा हुन नसक्ने भएको हो । सस्पेन्सन ब्रिज विभागका सबइन्जिनियर गोपाल थापाले पुल निर्माणले पूर्णता नपाउने बताउनुभयो । 

सुस्ता जोड्नेगरी बनाउन लागिएको झोलुङ्गे पुलदेखि करिब पाँच किलोमिटर उत्तरमा भारतीय गण्डक नहरका लागि ब्यारेज छ । कोभिडका कारण पुल निर्माण प्रभावित भई ढिलो भएको थियो । पछिल्लो समय भारतले नगर सरसफाइ गर्ने भन्दै ब्यारेजका ढोका खोली नहरको पानी नदीतर्फ बगाइदिएको हो । नारायणी नदीमा पानीको सतह अचानक बढेपछि नदीको बीचमा भइरहेको पायाको काम एक हप्तादेखि रोकिएको सबइन्जिनियर थापाले बताउनुभयो ।  

नेपाल सरकारले निर्माण कम्पनीलाई थपेको म्याद पनि गत चैत ३० गते सकिएको छ । निर्माण कम्पनी पुल निर्माणको म्याद थपको प्रक्रियामा रहेको निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक श्याम तामाङले बताउनुभयो ।   

एक हजार ५५८ मिटर लम्बाइमा बन्ने यो झोलुङ्गे पुलमा जम्मा १४ वटा पिल्लर निर्माण हुनेछन् । अहिलेसम्म नौवटा पिल्लर निर्माण भइसकेका छन् । पानीको बहाव ठूलो भएकाले पिल्लरका पायाहरू निर्माणको काम अत्यन्त जोखिमपूर्ण बनेको छ । त्रिशूली जेभी आश्रय कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७२ चैतदेखि निर्माण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..