करिब साढे २ किलो सुनसहित विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभाइजर ३६ वर्षीय ताराकान्त चौधरी पक्राउ परेका हुन् । उनीहरु सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

पक्राउ पर्ने अन्यमा २८ वर्षीय राजेश राई र ४१ वर्षीय हेमबहादुर थापा छन् । 

विमानस्थल प्रहरीका प्रवक्ता एसपी हिमालयकुमार श्रेष्ठका अनुसार बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानको शौचालयभित्र फोहोरसँगै रहेको सुनका विस्कुटहरु भीमकुमारले बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा सुमनसँग मिलेर बाँडेका थिए । 

उनीहरुले आ–आफ्नो मनि पर्सभित्र लुकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा क्रिनिङ गर्दा भीमकुमारले बोकेको मनि पर्सभित्र टेपले बेरिएको १० वटा सुनको बिस्कुट फेला परेको थियो । जसको तौल १ किलो १६६ ग्राम (अन्दाजी मूल्य रु.९७, ९६, ७३२) रहेको छ ।

सुमनले बोकेको पर्सबाट भीमकुमारको जति सुन बरामद भएको थियो । उनीहरुलाई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..