सुन तस्करीमा विमानस्थलका सफाई कर्मचारीको प्रयोग

काठमाडौं । त्रिभुवन विमानस्थलमा सुन तस्करी रोक्न एसएसपी भीम ढकालले सुरक्षाकर्मीलाई पनि मोबाइल फोन बोक्न निषेध गरेका छन् । प्रहरीका कमाण्डर बाहेक कसैले पनि मोबाइल फोन बोक्न नपाउने गरिएपछि प्रभावित बनाउन नसकिने अवस्था बनेको छ ।

सुन तस्करहरुले भने नयाँ उपाय अपनाएका छन् । उनीहरुले विमानस्थलका सफाई कर्मचारीलाई प्रयोग गरेको पत्ता लागेको छ ।

दुई किलो तीन सय ५० ग्राम सुन हालै बरामद हुँदा सफाई कर्मचारीको संलग्नता पाइएको प्रहरीले जनाएको छ । हिमालयन एयरलाइनसको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवालेलाई प्रभावित पारिएको भेटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्रा लगाएको छ । सुनगाभा कम्पनीका कर्मचारीमध्येका उनीहरुमध्ये सुपरभाइजर ताराकान्त चौधरी पनि पक्राउ परेका छन् । उनीहरुले सुन पास गराउने प्रयास गर्दा चेकजाँचका क्रममा पक्राऊ परेका थिए ।

पछिल्लो समय विमानस्थलमा वैदेशिक रोजगारीबाट आउनेहरुलाई प्रभावित पारी सुन तस्करीको गतिविधि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..