टर्कीमा चार नेपालीलाई ६ पाकिस्तानीले अपहरण गरेपछि….

काठमाडौं । टर्कीमा चार नेपाली पर्यटक अपहरणमा परे । उनीहरुलाई अपहरण गरी फिरौती रकम मागियो । इस्तानबुलमा अपहरणमा परेका उनीहरुलाई ३ दिन नियन्त्रणमा राखियो ।

अपहरण गरी नियन्त्रणमा तीन दिन राख्दा रकमको बार्गेनिङ भयो । परिवारसँग १० हजार यूरो माग्न थाले । परिवारले टर्की प्रहरीलाई उक्त घटनाबारे जानकारी गरायो । परिवारले नियन्त्रणमा राखेको इस्तानबुलको घर पत्ता लगायो ।

अपहरणकारी पक्राऊ परेका छन् । उनीहरुबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

चार नेपाल टर्कीको टक्सिम स्क्वाएरमा घुमिरहेका थिए । उनीहरु त्यहींबाट अपहरणमा परेका थिए । २३ अप्रिलमा अपहरणमा परेका उनीहरु २६ अप्रिलमा अपहरणमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..