गठबन्धनको बैठक सुरु, बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने

काठमाडौं । बागी उम्मेदवारीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

आजको बैठकमा गठबन्धनले दिएका उम्मेदवारीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने जनाइएको छ । मनोनयन दर्ता गराएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।

गठबन्धनको यस अघिको बैठकले पाँचदल भन्दा अन्य दलसँग गरिएको तालमेल खारेज हुने चेतावनी समेत दिइसकेको छ ।

नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकताएहरुलाई आज बेलुका ५ बजेसम्म फिर्ता नलिए स्वत सदस्यता खारेज हुने पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..