ढकाललाई जिताउन माबोहाङले गरे स्वतन्त्र उम्मेद्बारी फिर्ता


लेटाङ । नेपाली कांग्रेसका नेता ईन्द्र माबोहाङले दर्ता गराउनुभएको मेयर पदको उम्मेद्बारी फिर्ता गर्नुभएको छ । नेपाली कांग्रेसको तर्फ बाट आधिकारिक उमेदवार लाई नगरपालिकाको मेयर जिताउनका लागि कांग्रेस एकजुट हुनुपर्ने मान्यता आफ्नो रहेको बताउदै नेता माबोहाङले आफ्नो उम्मेद्बारी फिर्ता गरेको बताउनुभएको हो ।


नेपाली कांग्रेसका जिल्ला सभापती डिग बहादुर लिम्बू सहित बसेको कांग्रेसको बैठकमा आफ्नो बिचार राख्दै नेता माबोहाङले पार्टिले आफुलाई सम्बोधन गर्न नसकेपनी कांग्रेसको शिर उच्च राख्न , लेटाङ नगरपालिकालाई समृद्ध बनाउन कांग्रेसले जित्न आवश्यक रहेकाले कांग्रेस जिताउ अभियानमा लाग्नका लागि आफुले मेयर पदमा स्वतन्त्र रुपमा दिएको उम्मेद्बारी फिर्ता गरेको बताउनुभयो ।


कांग्रेसले आधिकारिक उमेदवार बनाएका कांग्रेसका प्रभाबशाली नेता ज्ञानेन्द्र ढकालले लेटाङलाई बिकास गर्न सक्षम रहेको , जिल्ला बिकासमा सर्बदलिय संयन्त्रको संयोजक हुँदा लेटाङ , जाँते , भोगटेनी र वारङी क्षेत्रमा धेरै सहयोग पुर्याएको योगदान सम्झदै कांग्रेसको आधिकारीक उमेदवार लाई जिताउन सबै नगर बासिलाई अनुरोध गर्नुभयो ।


यता जिल्ला सभापति डिग बहादुर लिम्बुले कांग्रेस जिताउन सबै एकजुट भएर लाग्न आह्वान गर्नुभयो । उहाँले आधिकारिक उमेदवार लाई सबैले सहयोग गरेर अघि बढ्न आग्रह गर्नु भयो । कांग्रेस जित सुनिश्चित भएकाले सबैले कांग्रेस सहितको गठम्ब्धनको समुहलाई जिताएर राम्रो सन्देश दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..