सप्तरीका चार पत्रकार चुनावी मैदानमा

सप्तरी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीका चार पत्रकारले मनोनयन दर्ता गराएका छन् ।नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालकोबाट जिल्लाको कंचनरुप नगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् ।

दलित अगुवाको रुपमा परिचित उनी दुई दशकदेखी पत्रकारिता गर्दै आएका छन् । यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्ष पदमा पत्रकार हेमशंकर सिंहले जनता प्रगतिशिल पार्टीबाट मनोनय दर्ता गराएका छन् । उनी पनि २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।

यसैगरि राजविराज नपा वडा नं. ८ को वडा अध्यक्ष पदमा पत्रकार सतिश दत्तले मनोनयन दर्ता गराएका छन् । मैथिली साहित्य परिषदका अध्यक्ष समेत रहेका उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट अध्यक्षमा मनोनय दर्ता गराएका हुन् ।

नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव चन्दनकुमार यादवले राजविराज नपा वडा नं. २ बाट वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । उनी पनि डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..