काठमाडौं महानगर : मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नीको साथ

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको लागि अग्रिम शुभकामना दिएकी छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितको लागि अग्रिम शुभकामना दिएकी हुन् ।आज काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदको लागि अग्रिम बधाइ ज्ञापन गरिन् । सो क्रममा राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने बताइन् ।


कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अब महिलाबाटै विकास सम्भव रहेको बताइन् । उनले काठमाडौं महानगरको नेतृत्वको लागि सिंहले दिएको उम्मेदवारीबाट हरेक काठमाडौंवासी महिलाहरु खुशी भएको र अब महिलाका समस्याहरु समाधान हुनेमा विश्वस्त भएको बताइन् ।

काठमाडौंका सबै वडाका महिलाहरुले आज एक कार्यक्रम आयोजना गरी काठमाडौं महानगरको नेतृत्वका लागि उम्मदेवारी दिएकी सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका छन् । मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..